Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

दैनिकी न्यूज

७, मंसिर २०७७
४ वटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा प्रयोगशालालाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स अस्पताललाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको बताएका हुन् ।

कोरोनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको एक महिना र पोजिटिभ रिपोर्ट आएमा ३ महिनासम्म नमुना स्टोर गरेर राख्ने कार्य नगरेकोले यी अस्पताललाई स्पष्टीकरण सोधेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - १७:३४:३१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology