Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना खोप खरिद गर्न ५० अर्ब

कोरोना खोप खरिद गर्न ५० अर्ब

दैनिकी न्यूज

१०, मंसिर २०७७
कोरोना खोप खरिद गर्न ५० अर्ब
images

काठमाडौँ । नेपालले विश्व बजारमा कोरोना भाइरस (कोभिड–१९) को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले अध्यादेश ल्याएर खोप भिœयाउन रहेका कानुनी बाधा फुकाइसकेको छ ।

खोप खरिद गर्न सरकारले खोप उत्पादन गरिरहेका देशलाई कूटनीतिक नोट पठाइसकेको र विभिन्न कम्पनीसँग नेपालका लागि प्रभावकारी हुने खोपबारे छलफल भइरहेको जानकारी स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा। झलक गौतमले दिनुुभएको छ ।

खोप ल्याउने विषयमा स्वास्थ्य सेवा विभागस्थित बाल स्वास्थ्य तथा खोप शाखाले सबै खालको प्रक्रिया अद्यावधिक गर्ने जिम्मा पाएको छ । सो शाखाका प्रमुख डा। गौतमका अनुसार खोप ल्याउन प्रारम्भिक चरणको काम भइरहेको छ । नेपालले आफ्नै मापदण्ड तय गरेको छ ।

डा. गौतमले भन्नुुभयो, “हाम्रो सन्दर्भमा खोप प्रभावकारी हुनु प¥यो । नेपालको मौसमी तापक्रम सुहाउँदो र बजारमा सहज उपलब्ध पनि हुनुपर्छ ।”

दुईदेखि आठ डिग्री सेन्टिग्रेडसम्म भण्डारण गर्न सकिने खोप भए नेपालका लागि छिट्टै खोप ल्याउन सहज हुनेछ । अहिले नेपाल आउन लागेका खोप त्यही मापदण्डभित्रकै छन् । विश्व स्वास्थ्य सङ्गठनले थालेको कोभ्याक्स अभियान अन्तर्गत आउने खोप र व्यवसायगत हिसाबले विश्व बजारमा आउने जुनसुकै खोप नेपाल ल्याउन सरकारले तयारी गरेकाले नेपालीले कोभिड विरुद्धको खोप छिट्टै लगाउन पाउने आशा पनि बढाएको हो ।

सहुलियतको खोप र व्यावसायिक रूपमा खरिद गर्ने दुवै थरी खोप नेपाल ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै विभिन्न मन्त्रालयले हातेमालो गरिरहेको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताउनुभयो । त्यस अनुसार खोप नेपाल ल्याउन स्वास्थ्य सेवा विभाग खोप शाखाअन्तर्गत डा। श्यामराज उप्रेतीको संयोजकत्वमा बनेको विज्ञ समूहले योजना सहितको प्रस्ताव बनाएर स्वास्थ्य मन्त्रालयमा पेस गरेको थियो ।

त्यसमा नेपालमा आवश्यक खोपको मात्रा र गर्नुपर्ने प्रक्रिया उल्लेख थियो ।

सो प्रस्ताव मन्त्रिपरिषद्मा पारितसमेत भएर स्वास्थ्य, अर्थ र परराष्ट्र मन्त्रालयका तीन सचिवलाई जिम्मा दिएर एक दर्जनभन्दा बढी सम्भावित क्षेत्र र विषय समावेश गरी काम अघि बढाइएको छ । उहाँहरूलाई अन्य विज्ञ समूहले सघाइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्डमा परेर अभियानका रूपमा प्रयोगमा आउने भएपछि जुनसुकै खोप नेपालले पाउने दाबी डा। अधिकारीले गर्नुभयो । कोभ्याक्स अभियानअन्तर्गत स्वास्थ्य सङ्गठनले अल्पविकसित तथा कम विकसित मुलुकलाई पहिले खोप उपलब्ध गराउने पहिल्यै घोषणा गरिसकेको छ ।

सोअनुसार नेपालले त्यसअन्तर्गत पहिलो चरणमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप पाउनेछ । उहाँले भन्नुभयो, “त्यो खोप कहिले आउँछ, अहिल्यै भन्न सकिँदैन तर पाउने निश्चित भएका देशले पाउन थालेपछि स्वतः आउँछ । ”

त्यसैगरी खोपमा नेपाललाई सहयोग गरिरहेको संस्था ग्लोबल एलाइन्सले अन्य खोप अभियानमार्फत खोप ल्याउन नेपाललाई सहयोग गरिरहेको छ । अर्कोतर्फ सरकारले रकम तिरेर सरकार आफैँले खरिद गर्नका लागि खोप खरिद कोष नै खडा गरेर प्रक्रिया थालेको जानकारी उहाँले दिनुभयो । त्यसमार्फत २० प्रतिशत बाहिरका नागरिक समेतलाई पुग्ने गरी खोप खरिद गर्ने तयारी भइरहेको छ ।

यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - ०५:०१:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology