Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अब आइसोलेसनमा बस्नेलाई किट दिइने

अब आइसोलेसनमा बस्नेलाई किट दिइने

दैनिकी न्यूज

१०, मंसिर २०७७
अब आइसोलेसनमा बस्नेलाई किट दिइने
images

काठमाडौं । होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई लक्षित गरी सरकारले होम आइशोलेशन किट उपलब्ध गराउनेसम्बन्धी मार्गदर्शन २०७७ जारी गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो निर्देशिक जारी गरेको हो।

निर्देशिका अनुसार होम आइसोेलेसनमा रहेका ६० वर्षमाथिका, मुटु, मिर्गौला रोगी, कलेजो तथा मधुमेहका रोगी, क्यान्सर, दम तथा अन्य दीर्घरोगी र गर्भवतीलाई उपलब्ध गराउने व्यवस्था गरेको छ।

होम आइसोलेसन किटभित्र अक्सिमिटर, थर्ममिटर, २ सय ५० मिलिलिटर सेनिटाइजर, प्यारासिटामोल चक्की, टिसियु पेपर, पन्जा, सो अनुगमन फारम, संक्रमण रोकथाम तथा नियन्त्रण पर्चा, अस्पताल जानुपर्ने अवस्थासम्बन्धी पर्चालगायतका सामग्री हुनुपर्ने छ। होम आइसोलेसनमा प्रयोग भएका थर्ममिटर र अक्सिमिटर भने संक्रमितले आइसोलेसन अवधि सकिएपछि सम्बन्धित निकायलाई फिर्ता दिनुपर्नेछ।

यी किटको माध्यमबाट संक्रमितले आफ्नो स्वास्थ्य स्थिति पहिचान गरी जटिलता आउन थालेपछि समयमै अस्पताल जाने भएकोले किट व्यवस्थापनको निर्णय गरेको मन्त्रालयले जनाएको छ। होम आइसोलेसन किट भने विकास साझेदारीसँग सहकार्य गरी स्थानीय सरकारले संक्रमितलाई उपलब्ध गराउनुपर्नेछ।

होम आइसोलेसनमा रहेकाहरुले आफ्नो स्वास्थ्य जटिलता थाहा नपाई समयमै अस्पताल नजानाले आइसोलेसनमै मृत्यु हुने गरेकोले यो निर्देशिका तयार पारेको जनाएको छ। केही स्थानीय निकायले किट वितरण सुरु गरेपछि उपचारमा राम्रौ प्रभाव परेकाले सरकारले सबै स्थानीय तहमा लागु हुनेगरी तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए। आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - ०७:३३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology