काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोनाबाट संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १४३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार ७९३ रहेको छ ।
मन्त्रालयले २४ घण्टाको अवधीमा २३ संक्रमितको मृत्यु भएको जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा ३३७ महिला र ४४८ पुरुष छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय २०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना नयाँ संक्रमित थपिएका हुन् ।