Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाललाई भारतले कोरोनाको भ्याक्सिन दिने !

नेपाललाई भारतले कोरोनाको भ्याक्सिन दिने !

दैनिकी न्यूज

११, मंसिर २०७७
नेपाललाई भारतले कोरोनाको भ्याक्सिन दिने  !
images

काठमाडौं । कोरोनाको भ्याक्सिन बनेपछी नेपालमा सबैभन्दा छिटो ल्याउन भारतले नेपाललाई सहयोग गर्ने भएको छ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । बुधबार सिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि उनले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने घोषणा गरे । विदेशसचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि नबिग्रिएको दाबी गरे । कोरोना महामारीमा एक अर्काको साथ नछोडेको उल्लेख गर्दै उनले भने, “कोभिड उपचारमा भारतले सबै छिमेकीहरुलाई सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन आमरुपमा उपलब्ध हुँदा पहिले भारतमा आयो भने त्यो पनि सहयोग नेपालले पाउने हो । हाम्रो दुईपक्षीय सम्बन्ध सभ्यतासँग जोडिएको छ । यो धेरै बलियो छ । जस्तै प्रतिकूल अवस्थामा पनि यो बिग्रिएको छैन । कोरोना महामारीमा पनि हामीले छोडेनाैं ।” यसैबीच भारतले नेपाललाई दुईहजार भाइल रेम्डिसिभिरलगायत स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७७ बिहिवार - २१:००:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology