Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज १७ सय ३ जना कोरोना संक्रमित थपिए

आज १७ सय ३ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१२, मंसिर २०७७
आज १७ सय ३ जना कोरोना संक्रमित थपिए
images

काठमाडौं । पछिल्लो २४ घण्टामा १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण भएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ८२२ जना छन् । काठमाडौंका ५९९ जना, भक्तपुरका ६३ जना र ललितपुरका १६० गरी सो संख्या पुगेको हो ।

हाल नेपालमा १७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १६:५९:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology