Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः स्वास्थ्य मन्त्रालय

यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः स्वास्थ्य मन्त्रालय

दैनिकी न्यूज

१२, मंसिर २०७७
यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराऊः स्वास्थ्य मन्त्रालय
images

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरुद्धमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड–१९ अस्पताललाई निर्देशन दिएको छ । आज मन्त्रालयको सचिवस्तरीय बैठकले जोखिम भत्ता उपलब्ध गराउन सबै कोभिड अस्पताललाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा।समिरकुमार अधिकारीले जानकारी दिए । उनले कोभिड–१९ को विरुद्धमा काम गर्ने कर्मचारीको असोजसम्मको जोखिम भत्ता सबै अस्पताललाई पठाइसकेकाले यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिनुभएको बताए ।

उनका अनुसार मन्त्रालयले असोजसम्मको कोभिड सङ्क्रमितको उपचार खर्चसहित जोखिम भत्ता रु ६६ करोड ८७ लाख ४५ हजार अस्पतालमा पठाइसकेको छ । मन्त्रालयले कात्तिकको जोखिम भत्ता र सङ्क्रमितको उपचार खर्चको रकम पठाउने क्रममा रहेको छ ।

मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएका प्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । ‘कोभिड–१९ अस्पताललाई ‘कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणको उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउने आदेश–२०७७’ बमोजिम कोभिड–१९ सङ्क्रमितको प्रति बिरामी प्रतिदिनका हिसाबले असोज मसान्तसम्मको रकम निकासा भइसकेको छ ।

उनले निर्देशन दिँदै भनेका छन, “निकासा भएको सोही रकमभित्रै स्वास्थ्यकर्मीको जोखिम भत्तासमेत समावेश गरी पठाइएकाले कोभिड–१९ का क्रममा खटिएर निर्देशिकाअनुसार भुक्तानी नगर्ने नगराउने कोभिड अस्पताल सबैलाई निर्देशिका बमोजिम यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन निर्देशन गरिन्छ ।”

सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ । रासस

images
प्रकाशित मिति :मंसिर १२, २०७७ शुक्रवार - १८:३४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology