Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण

क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण

दैनिकी न्यूज

१३, मंसिर २०७७
क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण
images

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ।

शनिबार बिहान सन्दीपले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल मार्फत् उनले यो जानकारी गराएका हुन्।

‘बुधबारदेखि शरीर दुखेजस्तो भएपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको छ,’ उनले लेखेका छन्, ‘मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’

संक्रमण पुष्टि भएपछि आफू होम आइसोलेसनमा बसेको पनि सन्दीपले जानकारी दिएका छन्। आफू छिट्टै निको भएर खेलमा फर्किने विश्वास पनि उनले व्यक्त गरेका छन्।

यस अघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको थियो । उनीहरु तीनै जना कोरोना मुक्त भईसकेका छन् ।

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - ०९:०७:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology