Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

काठमाडौंमा आज यो वर्षकै बढी चिसो

दैनिकी न्यूज

१३, मंसिर २०७७
काठमाडौंमा आज यो वर्षकै बढी चिसो
images

काठमाडौं । काठमाडौंमा शनिबार यो वर्षकै बढी चिसो मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै कम मापन गरिएको हो।

विभागका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ। यसअघि शुक्रबार ८.५ डिग्री सेल्सियस मापन गरिएको थियो। केही दिनयता पश्चिमी वायुको प्रभावले बदली रहेको मौसम रातिदेखि सफा भएसँगै तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए।

‘राति मौसम सफा भए बिहानको तापक्रम घट्छ, राति बादल लागे बिहानको तापक्रम बढ्छ’ मौसमविद् पौडेलले भने। तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ। अबको केही दिन देशभरको मौसम सफा भइ घाम लाग्ने बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री र अधिकतम तापक्रम १८.५ डिग्री सेल्सियस रहेको छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १२ दशमलव शुन्य डिग्री सेल्सियस रहेको छ। रासस

images
प्रकाशित मिति :मंसिर १३, २०७७ शनिवार - १७:३८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology