काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ सय ४ जना डिस्चार्ज हुँदा २५ जनाको मृत्यु भएको छ।
काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। २४४ महिला र ३०४ पुरुष गरी ५४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १४ सय ७९ पुगेको छ।
देशभर क्वारेन्टिनमा ६३२ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ९०९ जनाको उपचार भइराखेको छ। आज देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा १७ लाख २७ हजार ८३६ जनाको पीसीआर परीक्षण भएको छ।