Logo

बुधवार, श्रावण २७ गते २०८३

images

३ दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको पुनः निर्देशन

३ दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको पुनः निर्देशन

दैनिकी न्यूज

१८, मंसिर २०७७
३ दिनभित्र कोरोना बीमाको मागदाबी भुक्तानी दिन अर्थमन्त्रालयको पुनः निर्देशन
images

काठमाडौं। अर्थ मन्त्रालयले कोरोना बीमा मागदाबी तीन दिनभित्र भुक्तानी दिन निर्देशन दिएको छ। मन्त्रालयले यसअघि दिएको निर्देशनको पालना नभएपछि पुन निर्देशन दिएको हो।

मन्त्रालयमा यसअघि कात्तिक १८ गते बसेको बैठकले सात दिनभित्र बीमा दाबी भुक्तानी गर्ने निर्देशन दिएको थियो। मन्त्रालयले हालसम्म न्यून संख्यामा मात्र भुक्तानी भएको, दैनिक प्रगति प्रतिवेदन नियमितरुपमा मन्त्रालयमा प्राप्त नभएको बताएको छ।

कोरोना बीमा मापदण्ड बमोजिम प्रकृया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरि दैनिक रुपमा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएको छ। यस्तै भेरिफिकेशन गर्न बाँकी दावीको भेरीफिकेशन यथाशिघ्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन मन्त्रालयले भनेको छ ।

हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङमा छ, त्यसको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, अर्थ मन्त्रालयबाट सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के छन् । यसको विस्तृत विवरण पठाउन पनि पत्र काटेको छ ।

कोरोना बीमा गरेकाहरुले दाबी गर्दा पनि भुक्तानी नपाएको गुनासो गर्दै आएपछि मन्त्रालयले गत असोज १८ मै यससम्बन्धी दाबी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो। त्यस्तै राजस्व सचिवको कार्यकक्षमा बुधबार बसेको बैठकले पनि उक्त निर्णय कार्यान्वयन गर्न समितिलाई आदेश दिएको थियो। तर बीमा समितिले मन्त्रालयको निर्णय कार्यान्वयनमा चासो नदेखाएको भन्दै पुनः चार बुँदे निर्देशन दिएको हो।

यसैगरी कोरोना बीमाको हालसम्मको दावी संख्या, कागजात पूरा भएका दावी संख्या, भेरीफिकेशन लागि स्वास्थ सेवा विभागमा पठाएको संख्या, भेरीफिकेशन नभएका वा नक्कली दावीको विवरण, दाबी भुक्तानीको विवरण बुझाउन निर्देशन दिएको छ।

images
प्रकाशित मिति :मंसिर १८, २०७७ बिहिवार - १७:१४:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology