Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ऋणीको धितो लिलाम नहुने

ऋणीको धितो लिलाम नहुने

दैनिकी न्यूज

१९, मंसिर २०७७
ऋणीको धितो लिलाम नहुने
images

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै कोभिडको कारण ६ महिनाभन्दा बढीको ब्याज बक्यौता नभए धितो लिलाम नहुने नीतिगत व्यवस्था गरेको छ ।

राष्ट्र बैंक का गभर्नर महाप्रसाद अधिकारीले विहीबार कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने पनि बताए । साथै, कर्जाको ब्याजदर गत वर्षको तुलनामा घट्दा व्यवसायीको मनोबल बढेको तर निक्षेपको ब्याजदर घट्दा त्यसले ल्याउने समस्या सावधानमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा गर्ने उनले बताए ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदरलाई निश्चत सीमामा राख्ने, विषेश गरी निक्षेपकर्ताहरुको ब्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको भन्दै उनले तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मुल्य र वाह्य क्षेत्रको स्थायित्वमा थप दवाब सिर्जना हुन नदिने तथा आन्तरिक उत्पादनलाई वृद्धि, उद्यमशिलतको विकासमा सहयोग गर्ने, रोजगारी बढाउने बैंक वित्त संस्थामा रहेको स्रोतको उपलबद्धतालाई सहजिकरण गर्न मौद्रिक नीतिले तय गरेको विषयलाई निरन्तरता र आर्थिक वृद्धिमा सहयोग गर्ने नै पहिलो त्रैमासको मूल्यांकनमा समीक्षा भएको पनि बताए ।

वित्तीय सहजिकरणका लागि राष्ट्र बैंकले हालसम्म अपनाएका नियामकीय उपायहरु अपनाएको र वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजक, सर्तक र राष्ट्र बैंकको सुपरिवेक्षण र नियामकिय भूमिकालाई थप सशक्त बनाउने गभर्नरको भनाइ थियो ।

साथै, विदेशी अनलाइनबाट सामान खरिद गरी नेपालबाटै भुक्तानी गर्न मिल्ने नीतिगत व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । नेपालबाट विदेशका जुनसुकै अनलाइनबाट सामान खरिद गरी नेपालबाटै विदेशी मुद्रामा भुक्तानी गर्न सकिने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

सेयर बजारले हरेका दिन नयाँ किर्तिमान राख्न थालेपछि राष्ट्र बैंकले सेयरधितो कर्जा सम्बन्धि विद्यमान ब्यवस्थामा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले ब्यक्तिगत अधिबिकर्ष कर्जा, सेयर धितो कर्जा र रियलस्टेट कर्जा सम्बन्धि ब्यवस्थापन पुनरावलोकन गर्ने पनि जनाएको छ । साथै, राष्ट्र बैंकले कोभिडले असर गरेको होटललगायत पर्यटन ब्यवसाय र पशुपंक्षी पालन ब्यवसायलाई प्रदान गरिने पुनर्कर्जामा थप सहजीकरण गर्ने जनाएको छ । अहिले कोभिड प्रभावित भनेर वर्गीकरण गरिएका क्षेत्रहरुको पनि पुनरावलोकन गरिने भएको छ ।

बहुचर्चित स्थिर ब्याज दरको ब्यवस्था गर्दै राष्ट्र बैंकले मौद्रिक समिक्षामार्फत बैंकहरुले परिचालन गर्ने स्रोतका आधारमा स्थिर ब्याजको समय अवधि तोकिने जनाएको छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - ०६:०५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology