Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

आज १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

दैनिकी न्यूज

१९, मंसिर २०७७
आज १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु
images

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १५ सय ७५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ४ सय ४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ६७ पुगेको छ ।

अहिले देशभर क्वरेन्टिनमा ५३७ जना रहेका छन् । आजको पिसिआर परीक्षण ८ हजार ३१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख ७१ हजार ९५० रहेको छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०७७ शुक्रवार - १६:३९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology