Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लोक सेवाले ५१३ जना अधिकृतको लागि विज्ञापन खोल्यो

लोक सेवाले ५१३ जना अधिकृतको लागि विज्ञापन खोल्यो

दैनिकी न्यूज

२४, मंसिर २०७७
लोक सेवाले ५१३ जना अधिकृतको लागि विज्ञापन खोल्यो
images

काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृत पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ । आयोगले पाँच सय १३ जनाका लागि शाखा अधिकृतको विज्ञापन खोलेको हो ।

आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिक तर्फको शाखा अधिकृतमा खुल्ला र ज्येष्ठता गरी पाँच सय १३ जनाका लागि दरखास्त आव्हान गरेको हो ।सूचना अनुसार सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुलाईएको बिज्ञापनमा एक सय ५३ जना ज्येष्ठता र बाँकी खुल्ला रहेको छ । न्याय सेवाको खुलातर्फ न्याय समूहमा ३६, कानुनमा ७, सरकारी वकिलका लागि २४ गरी जम्मा ६७ जनाको माग गरिएको छ । महिलातर्फ न्याय समूहमा १० कानुनमा २ सरकारी वकिलमा ६ जना गरी १८ जनाको माग गरिएको छ ।

तयस्तै, आदिवासी जनजातितर्फ न्याय समूहमा ८ कानुनमा १ सरकारी वकिलमा ५ जना माग गरिएको छ । मधेसीमा न्याय ६ कानुन १ सरकारी वकिल ४ गरी ११ जनाको विज्ञापन गरिएको छ । दलिततर्फ न्याय ३ कानुन १ र सरकारी वकिल २ गरी ६ जना माग गरिएको छ । अपाङ्गका लागि र पिछडिएको क्षेत्रका लागि न्याय र कानुनमा एक एक जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखापरीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत खुलामा १३२ जना समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ८, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि ५ जनाको दरखास्त आह्वान गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति पुस १४ गते सम्म रहेको छ । दोब्बर दस्तुरमा पुस २१ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०७७ बुधवार - १०:४५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology