काठमाडौं । कोरोना संक्रमणको दर घट्दै जाँदा निको हुने संक्रमितको संख्या बढेको छ। अहिले नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलव ४ प्रतिशत रहेको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का निर्देशक डा। वासुदेव पाण्डेले संक्रमणबाट निको हुने दर बढ्दै गएको बताए। उनले भने, ‘अहिले गाइडलाइन्स ९निर्देशिका० पनि परिवर्तन भएको छ। त्यसकारण पनि निको हुने दर बढी देखिएको हो। ’
यसअघिको निर्देशिकामा निको भएका व्यक्तिको पुष्टि हुन पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट अनिवार्य थियो। तर अहिलेको नयाँ निर्देशिकाअनुसार, एक पटक संक्रमित भइसकेपछि पुनः पीसीआर गर्नु पर्दैन। ‘१४ दिन पुगिसकेपछि निको भएको सूचीमा राखिन्छ। कुनै समस्या छैन भने निको भएकोमा गणना गरिन्छ ’, डा। पाण्डेले भने।
नेपालको निको हुने दर सार्क मुलुकका अन्य राष्ट्रभन्दा राम्रो देखिएको छ। निको हुने मुलुकमध्ये सबैभन्दा राम्रो भारतमा देखिएको छ। त्यसपछि नेपालको निको हुने दर उच्च देखिएको छ। भारतको निको हुने दर ९४ दशमलव ७ प्रतिशत रहेको छ। नेपालको निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको छ। नेपाल र मालदिभ्समा कोरोना संक्रमितको निको हुने दर उस्तै छ।
सार्क मुलुकमध्ये श्रीलंकामा निको हुने दर ७२ दशमलव ५ प्रतिशत छ। त्यसपछि अफगानिस्तान ७८ दशमलव ६, बंगलादेश ८३ दशमलव ९ र पाकिस्तान ८७ दशमलव २ प्रतिशत निको हुने दर रहेको छ। भुटानमा ९१ दशमलव २ प्रतिशत रहेको छ। महिलाको संख्या कम छ। अनुपात हेर्दा महिलाभन्दा पुरुष नै बढी निको भएको देखिएको छ।
कोरोना संक्रमणबाट हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जनालाई निको भएको छ। हालसम्म २ लाख ४६ हजार ६ सय ९४ जनालाई कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ६६ दशमलव ५ प्रतिशत पुरुष छन्। संक्रमित महिला भने ३४ दशमलव ५ प्रतिशत छन्। सरकारले कात्तिक महिनायता दैनिक पीसीआर परीक्षण दरसमेत घटाएको छ। पछिल्लो चौबिस घण्टामा ७ हजार ४ सय १४ जनामा पीसीआर परीक्षण गरिएको थियो। शुक्रबार १ हजार ४४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो चौबिस घण्टामा १ हजार २ सय ७१ जना निको भएका छन्। सरकारले परीक्षणको दायरा साँघुरो बनाएका कारण संक्रमण दर घट्दो देखिएको विज्ञहरूको भनाइ छ।
यो खबर आजको अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् ।