ललितपुर । ललितपुरमा रहेको एक पेट्रोल पम्पमा केहिबेर अघि आगलागी भएको छ । ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को चोकमा रहेको उज्ज्वल पेट्रोल पम्पमा आइतबार साँझ आगलागी भएको हो ।
एक्कासी आगलागी भएकोले सातदोबाटो-कोटेश्वर सडकको ग्वार्को खण्डमा सवारी रोकिएका छन् । आगलागी निभाउन सातदोबाटोबाट प्रहरी गएको छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्रचार्यका अनुसार पेट्रोल पम्ममा पेट्रोल हाल्न गएको गाडीमा आगलागी भएको हो । त्यसले पम्प मै क्षति पुर्याएको/ नपुर्याएको केही खुलेको छैन । सो क्षेत्रमा रहेका मानिसहरु भने त्रासमा रहेका छन् ।
तर प्रहरीका अनुसार ग्वार्कोस्थित पेट्रोल पम्पमै पार्किङ गरिरहेकाे अवस्थामा एक ट्याङ्करमा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार ललितपुरका दुई वटा र काठमाडौंको एउटा दमकल प्रयोग गरी आगलागी नियन्त्रणमा आएको छ।