Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रभु लाईफको आईपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो हालसम्म आवेदन ?

प्रभु लाईफको आईपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो हालसम्म आवेदन ?

दैनिकी न्यूज

२, पौष २०७७
प्रभु लाईफको आईपिओ भर्ने आज अन्तिम दिन, कति पर्यो हालसम्म आवेदन ?
images

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २९ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो ।

इन्स्योरेन्स् कम्पनीले १०० रुपैयाँ दरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म भर्न सकिनेछ ।

प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् ।

प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

प्रभु लाइफलाई नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीको आईपिओमा हालसम्म ४।१४ गुणा बढीको आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा ८ लाख ९२ हजार ८ सय ५४ जना आवेदकबाट २ करोड ४८ लाख १६ हजार ६ सय ७० कित्ताको आवेदन परेको हो । 

 

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - ०९:२८:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology