Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज ६ हजार ५८८ पीसीआर परीक्षण गर्दा ७७६ जना कोरोना संक्रमित थपिए

आज ६ हजार ५८८ पीसीआर परीक्षण गर्दा ७७६ जना कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

२, पौष २०७७
आज ६ हजार ५८८ पीसीआर परीक्षण गर्दा ७७६ जना कोरोना संक्रमित थपिए
images

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७ सय ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ३ सय ८ महिला र ४ सय ६८ पुरुष रहेका छन् । यो सँगै नेपालमा हालसम्म २ लाख ५१ हजार ६९२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ५५ हजार ७२४ छ भने २४ घण्टामा ६ हजार ५८८ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या ९ हजार ५८० छ । क्वारेन्टाइनमा रहनेको संख्या ४४४ रहेको छ ।


त्यस्तै आज ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४० हजार ३६३ जना घर फर्किसकेका छन् । त्यसैगरी २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ ।

images
प्रकाशित मिति :पौष २, २०७७ बिहिवार - १६:२५:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology