काठमाडौं । हिमालयन डिष्टिलरीले शत प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बिहिबार बसेको कम्पनी संचालक समितिको बैंठकले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शत प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैठकले शेयरधनीलाई ५० प्रतिशत बोनस र कर सहित ५० प्रतिशत नगद गरी शत प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले ५० प्रतिशत अर्थात २८ करोड ९२ लाख रुपैयाँ बराबरको बोनस र कर सहित सोहि बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बोनस वितरण पछि कम्पनीको चुक्त्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँ पुग्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड ८४ लाख ६८ हजार रुपैयाँ छ ।
यस्तै कम्पनीले २० औं वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले पुस २९ गते बुधबार पर्सा, विरगञ्जमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा साधारण सभा बोलाएको हो ।
उक्त साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज गर्ने निर्णस पनि गरेको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।