Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा पुस २६ गते

नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा पुस २६ गते

दैनिकी न्यूज

५, पौष २०७७
नेपाल बंगलादेश बैंकको वार्षिक साधारणसभा पुस २६ गते
images

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ ।

गत पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २६ गते भर्चुअल (जुम क्लाउड मिटिङ) मार्फत गर्ने निर्णय गरेको छ। बैठकको प्रत्यक्ष प्रशारण बैंकको फेसबुक पेजबाट पनि गरिनेछ।

सभाले बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल ८.४२ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने बोनस सेयर र २.४२ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।  बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

images
प्रकाशित मिति :पौष ५, २०७७ आइतवार - १०:२३:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology