काठमाडौं । स्थानीय बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको छ ।
छापावाला सुन आज प्रतितोला ९४ हजारमा र तेजाबी सुन प्रति तोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तर मंगलबार छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैया र तेजाबी सुन ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला आज एक हजार २६५ रुपैयाँमा कारोवार भएको छ । तर सोमबार सो धातु एक हजार ३१५ रुपैयाँमा कारोवार भएको थियो ।