Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी

नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी

दैनिकी न्यूज

९, पौष २०७७
नयाँ रुपको कोरोना नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने तयारी
images

काठमाडौं । सरकारले बेलायतमा देखिएको कोरोना भाइरसको परिवर्तित नयाँ रुप नेपाल प्रवेश गरेनगरेको पत्ता लगाउन अध्ययन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले भाइरसको नयाँ स्वरुप नेपालमा भएनभएको अध्ययन गर्ने निर्णय गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा। प्रदीप ज्ञवालीले केही सातायता बेलायतबाट अथवा बेलायत ट्रान्जिट हुँदै आएका यात्रुको खोजी गरी संक्रमित पाइए अनुवांशिक उपक्रम ९जेनेटिक सिकेन्स० अध्ययन गरिने जानकारी दिए । ‘हामीले बिहीबारदेखि नै सम्भावित संक्रमितको खोजीलाई अगाडि बढाउनेछौं,’ ज्ञवालीले भने ।

कोरोना भाइरसको दोसो चरणको जेनेटिक सिकेन्सको अध्ययन गर्ने योजना यसअघि नै बनाए पनि परिषद्ले बेलायतमा देखिएको नयाँ स्टे«नको पनि सम्भावना देखिएकाले थप भाइरसका नमुना समेटेर अध्ययन गर्न लागेको हो । ‘यसपटक कम्तीमा पनि ५० भन्दा बढी नमुनाको अध्ययन गर्ने तयारी रहेको र यसबारे थप गृहकार्य बिहीबारबाटै गर्नेछौं,’ ज्ञवालीले भने । आजको नागरिक दैनिकबाट

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - ०८:१९:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology