Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

९, पौष २०७७
एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । एभरेष्टले ५ प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्दैछ । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १० गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै (बिहीबार) सेयरधनी बनिसक्नुपर्नेछ ।

एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कोरोनाका कारण सेयरधनीलाई भर्चुअल रुपमा सभामा उपस्थित गराउने बैंकले जनाएको छ ।

images
प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - ०८:३९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology