Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुरको धापाखेलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद

ललितपुरको धापाखेलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद

दैनिकी न्यूज

१०, पौष २०७७
ललितपुरको धापाखेलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेलस्थित धापाखेल जङगलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय गोमन घिमिरेले जङ्गलमा पत्कर सोर्ने क्रममा गोली फेला परेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले सो ठाउँमामा प्लाष्टिकभित्र राखेको अवस्थामा उक्त गोली फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख डीएसपी मित्रबनधु शर्माले बताए ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १२:४२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology