काठमाडौं । शनिवार काठमाडौं उपत्यकामा यो वर्षकै बढी चिसो महसुुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको छ । शुक्रवार काठमाडौंको तापक्रम २ दशमलव ५ डिग्री थियो ।
यसअघि गएको पुस ३ गते काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री मापन गरिएको थियो । शनिवार भने काठमाडौंको तापक्रम अहिलेसम्मकै कम मापन गरिएको र तापक्रम अझै घट्न सक्ने अनुमान महाशाखाले गरेको छ ।
शनिवार अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभाव सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशबाहेकका ठाउँहरुमा मौसम भने सामान्यतया सफा रहेको छ ।
काठमाडौं उपत्यकासहित प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशमा दिउँसो बादल लाग्ने मौसमविद्को अनुमान गरेका छन् ।