Logo

सोमवार, श्रावण २५ गते २०८३

images

श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित पक्राउ

श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित पक्राउ

दैनिकी न्यूज

१२, पौष २०७७
श्रोत नखुलेको १२ लाख रुपैयाँ सहित पक्राउ
images

रौतहट । गौर नगरपालिका वडा नं. ४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६र६ लाख गरी उक्त रुपैयाँ सहित फेला
पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १२, २०७७ आइतवार - १२:२६:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology