Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज काठमाडौंमा यस वर्षकै चिसो

आज काठमाडौंमा यस वर्षकै चिसो

दैनिकी न्यूज

१४, पौष २०७७
आज काठमाडौंमा यस वर्षकै चिसो
images

काठमाडौं । आज काठमाडौंमा यसवर्षकै धेरै चिसो महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष लागेपछि आज सम्मकै कम तापक्रम हो ।

रातको समयमा मौसम सफा रहेकाले न्यूनतम तापक्रम घटेर १ दशमलव १ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । यसअघि गएको शनिबार यस वर्ष काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो ।

आज अधिकतम तापक्रम भने १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

अहिले उपत्यका लगायत देशका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । केही दिन यो क्रम अझै कायम रहने र चिसो पनि बढ्ने बताइएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७७ मंगलवार - ०७:३८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology