Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एनसीसी बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

एनसीसी बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?

दैनिकी न्यूज

२१, पौष २०७७
एनसीसी बैंकको सेयरमूल्य समायोजन, अब प्रतिकित्ता कति ?
images

काठमाडौं । गत आर्थिक वर्ष २०७६–०७७ को प्रस्तावित बोनस सेयरका लागि एनसीसी बैंक लिमिटेडको सेयरमूल्य आज (मंगलबार) समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता एनसीसी बैंकको ३२४ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एनसीसी बैंकको ३५७ रुपैयाँ कायम भएको थियो। अब यहि मूल्यलाई आधार बनाएर सेयरका कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछ।

बैंकले गत आर्थिक वर्षका लागि कुल १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा १०.२६९५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५४०५ प्रतिशत नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश बैंकको आउँदो माघ ९ गते हुने २३ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

लाभांश र सभा प्रयोजनका लागि एनसीसी बैंकले आज पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (पुस २० गते) सम्म कायम सेयरधनीहरुमात्र बैंकको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

images
प्रकाशित मिति :पौष २१, २०७७ मंगलवार - ०८:२७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology