काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले करेक्सन भएको छ । अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारले करेक्शनको बाटो समातेको हो ।
आज नेप्से परिसूचक ३.५४ अंकले घटेर २१६५.४९ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ४१३.६८ को विन्दुमा आएर बन्द भएको छ । आज नेप्सेमा सूचीकृत कम्पनीमध्ये २०६ वटा कम्पनीका १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने बाँकी ९ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन जलविद्यूत समूह सर्वाधिक ५०.५९ अंकले बढेको छ ।विकास बैंक समूह २.९३ अंक, निर्जिवन विमा समूह ५७.९१ अंकले बढेको छ । उता आज व्यापार सर्वाधिक १४६.५७ अंकले गिरावट आएको छ । होटल्स समूह २०.९५ अंक, वित्त समूह १.९५ अंक, उत्पादन तथा प्रशोधन समूह १६.६५ अंक, अन्य समूह ५.६६ अंक, लघुवित्त समूह ५.९४ अंक, जीवन बीमा समूह ४६.६७ अंक, म्युचुअल फन्ड समूह ०.०३ अंकले गिरावट आएको छ । लगानीकर्ताहरुले पोर्टफोलियो बदल्ने क्रम चल्दा सस्ता मूल्य भएका जलविद्युत कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनीहरु

सर्वाधिक कमाउने कम्पनीहरु

सर्वाधिक गुमाउने कम्पनीहरु
