Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रहरी कन्ट्रोलमा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा !

प्रहरी कन्ट्रोलमा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा !

दैनिकी न्यूज

२२, पौष २०७७
प्रहरी कन्ट्रोलमा फोन गरी ‘ठूलो अपराध गरेर मर्छु’ भन्ने श्रेष्ठ प्रहरीको नियन्त्रणमा !
images

ललितपुर । ललितपुर प्रहरी कन्ट्रोलमा फोन गरी ठूलो अपराध गरेर मर्छु भन्ने एक युवक पक्राउ परेका छन् ।

प्रहरीले महालक्ष्मी नगरपालिका वडा नं. ४ कमलपोखरीबाट एक युवकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।

ती पुरूषले प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरी भनेको कुरा एसपी महर्जनले उदृत गर्दै भने, ‘म ठूलो क्राइम गर्छु अनि पछि आफैंलाई पनि सिध्याउँछु ।’

पक्राउ पर्नेमा काभ्रे घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ कमलपोखरी बस्ने वर्ष ३८ का रामकुमार श्रेष्ठ रहेका छन् ।

कन्ट्रोलमा फोन आएपछि महानगरीय प्रहरी प्रभाग, इमाडोलबाट खटिएको प्रहरी निरीक्षक विजय तिमिल्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठलाई कमलपोखरीबाटै पक्राउ गरेको हो ।

‘हामीलाई खबर आउनबित्तिकै इमाडोल प्रभागबाट प्रहरी खटिएर ५० मिनेट भित्रमा उनलाई पक्राउ गरेको हो,’ एसपी महर्जनले भने, ‘परिसरबाट प्राविधिक सहयोग ग¥यौं ।’

श्रेष्ठले प्रहरी कन्ट्रोलमा मंगलबार दिउसो ४ बजे फोन गरेका थिए । उनलाई प्रहरीको टोलीले ४ः५० बजे नियन्त्रणमा लिएको एसपी महर्जनले बताए । 

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - ०७:५८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology