Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज ललितपुरका यी ठाउँमा लोडसेडिङ

आज ललितपुरका यी ठाउँमा लोडसेडिङ

दैनिकी न्यूज

२२, पौष २०७७
आज ललितपुरका यी ठाउँमा लोडसेडिङ
images

काठमाडौं । ललितपुरका आज विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । पुलचोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २२, २०७७ बुधवार - १०:२७:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology