Logo

सोमवार, श्रावण २५ गते २०८३

images

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने

दैनिकी न्यूज

२४, पौष २०७७
माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने
images

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि १०० रुपैयाँ अंकित दरमा १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो । बाँकी २९ लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

कम्पनीले निष्कासन गर्न लागेको आइपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै आईपीओ बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन पाइने छ ।

आइपीओमा स्थानिय बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - ०८:४९:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology