काठमाडौं । तारागाउँ रिजेन्सी होटेलले लाभांश पस्ताव गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँ बराबरको नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रहेको छ ।