काठमाडौं । प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–०७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरु हकदार हुनेछन् ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ छ । निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो ।