Logo

सोमवार, श्रावण २५ गते २०८३

images

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा पक्राउ

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा पक्राउ

दैनिकी न्यूज

२८, पौष २०७७
एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा पक्राउ
images

सुनसरी । धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा कोशी गाउँपालिका(३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको भन्ने सो बैंकबाट प्राप्त हुन आएको जानकारी अनुसार सिसीटिभी फुटेज संकलन गरी उक्त व्यक्तिको खोजी गर्ने क्रममा सो कार्यमा संलग्न सुभानलाई धरान उपमहानगरपालिका(१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १४:०२:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology