Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

चोरीको मोटरसाईकल सहित २ जना पक्राउ

दैनिकी न्यूज

२८, पौष २०७७
चोरीको मोटरसाईकल सहित २ जना पक्राउ
images

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्ग र वर्ष १८ को आईतराज तामाङ्गलाई प्रदेश ३–०२–०११ प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी. सी. को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट मोटरसाईकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाईकल काठमाण्डौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाईकलको नम्बर प्लेट परिबर्तन भएको अबस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३–०२–०१४ प ०३३९ रहेको बताएको छ ।

हराएको निबेदनको आधारमा सुचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए । 

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १४:२०:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology