काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन (मंगलबार) उच्च विन्दुमा पुगेको छ । आज नेप्से २८.५९ अंकले बढेर २ हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस अघि पुस २६ गते सोमबार नेप्से परिसूचक ३.७० अंकले बढेर २ हजार २३९.४२ अंकमा पुगेर रकर्ड कायम गरेको थियो ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८९ अंकले बढेको छ ।
आज दिनभर भएका ४५ हजार ५६९ कारोबारबाट २०२ कम्पनीका १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर किनबेच भएका छन्, जसअनुसार कारोबार रकम ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।
आज सबैभन्दा धेरै प्रिमियर इन्स्योरेन्सको २९ करोड ६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको १६ करोडमाथिको शेयर करोबार भएको छ । अपर तामाकोशीको १५ करोड ७१ लाख रुपैयाँको, नेपाल लाइफको १५ करोडमाथितको शेयर करोबार भएको छ । नेशनल लाइफको र सिभिल बैंकको १४ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन भने सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकताले ३ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।