Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लोकसेवाले नायब सुब्बाको विज्ञापन खुल्यो

लोकसेवाले नायब सुब्बाको विज्ञापन खुल्यो

दैनिकी न्यूज

२९, पौष २०७७
लोकसेवाले नायब सुब्बाको विज्ञापन खुल्यो
images

काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा (नासु) पदका लागि विज्ञापन आव्हान गरेको छ । आयोगले नासु पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको हो ।

आयोगले खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

आयोगले काठमाडौं कार्यालयबाट खुलामा १ सय ५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी जम्मा २ सय ९६ जनाका लागि विज्ञापन खुलाइएको छ भने धनकुटा कार्यालयबाट खुलामा ४७, ज्येष्ठताको आधारमा ३१ र कार्यक्षमताको आधारमा १८ गरी ९६ जनाका लागि विज्ञापन खोलाएको छ ।

पोखरा कार्यालयबाट खुल्लाबाट ५२, ज्येष्ठताको आधारमा ३५ र कार्यक्षमताको आधारमा १७ जनाको पदपूर्ति हुने जनाइएको छ भने जलेश्वर कार्यालयबाट खुलाबाट ४९, ज्येष्ठताको आधारमा ४९ र कार्यक्षमताको आधारमा २३ जना गरी कूल १२१ जना सुब्बाको पदपूर्ति गरिने छ ।

त्यसैगरि, आयोगका अनुसार बुटवल कार्यालयबाट खुल्लामार्फत् ५३ जनाको पदपूर्ति हुने छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा ३७ र कार्यक्षमताको आधारमा २२ जनालाई बढुवा गरी पदपूर्ति गरिने छ भने सुर्खेत कार्यालयबाट खुल्लामा २३, ज्येष्ठताको आधारमा १९ र कार्यक्षमताको आधारमा १० गरी कूल ५२ जना नासुको पदपूर्ति हुने छ ।

दिपायल कार्यालयबाट खुल्लामा ३७ जनाको विज्ञापन खुलेको छ । यस कार्यालयबाट ज्येष्ठताको आधारमा १६ र कार्यक्षमता मूल्यांकनबाट ९ जनाको बढुवा गरी पदपूर्ति गरिने लोक सेवा आयोगले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०९:०४:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology