काठमाडौं । आफ्नो उच्च तहको नेता पक्राउ विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ। पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारीविरुद्ध विप्लव पार्टी आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको हो। विप्लवले बिहीबार प्रेशित गरेको विज्ञप्तिमा माघ ३ गतेदेखी आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । सभा, जुलुश, मसाल जुलुशलगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ।