Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मोटरसाइकल दुर्घटना हुँदा जोशी र बोहराको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा जोशी र बोहराको मृत्यु

दैनिकी न्यूज

२, माघ २०७७
मोटरसाइकल दुर्घटना हुँदा जोशी र बोहराको मृत्यु
images

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्र्तगत कृष्णपुर नगरपालिका–५ आम्खैयामा दुई वटा मोटरसाइकल ठोक्किदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। से ६ प ३१६७ नम्बरको मोटरसाइकलको चालक धनगढी गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुदुरपश्चिम प्रदेश ०१.००.७१५७ नम्बरको मोटरसाइकलको चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन् । उनिहरुको धनगढीमा उपचार भइरहेको छ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - ०८:२५:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology