Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेखर कोइरालाले प्रधानमन्त्री ओलीलाई अराजक भनेपछि…

शेखर कोइरालाले प्रधानमन्त्री ओलीलाई अराजक भनेपछि…

दैनिकी न्यूज

३, माघ २०७७
शेखर कोइरालाले प्रधानमन्त्री ओलीलाई अराजक भनेपछि…
images

बिराटनगर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अराजक भएको आरोप लगाएका छन् । ओलीकै कारण मुलुक द्वन्द्वमा फस्दै गएको कोइरालाको भनाइ छ । मानव अधिकार तथा शान्ति समाज मोरङले शनिबार आयोजना गरेको गोष्ठीमा बोल्दै उनले प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई निर्वाचनको पक्षमा निर्णय गर्न दबाब दिइरहेको आरोप लगाएका हुन् । ‘प्रधानमन्त्री ओलीजीले मैले जे बोलेँ, जे भनेँ त्यही संविधान हो भन्ने बुझ्नु हुन्छ तर त्यो नेपाली जनतालाई स्वीकार छैन,’ कोइरालाले भने, ‘त्यसैले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र संविधान जोगाउन मुलुकमा अब एक पटक पुन: सशक्त आन्दोलनको आवश्यकता परेको छ ।’ २०६२/०६३ को आन्दोलनमा आफूलगायत नेताहरु काठमाडौंमा जेल परेको बेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले प्रहरीले भनेअनुसार सही गरेर जेल बाहिर निस्किन दिएको सल्लाह सम्झिँदै कोइरालाले भने, ‘मुलुक द्वन्द्वको अँध्यारो टनेलमा फस्दै गएकाले त्यसलाई रोक्न प्रतिनिधिसभा पुन:स्थापनाका लागि लडौं ।’

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - १४:०४:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology