काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २ सय ४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन् ।
त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ ।
कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना रहेको छ ।