ललितपुर । गोदावरी नगरपालिका वडा नं. २ लट्टा भन्ज्याङ्स्थित सडकमा बा.४ ख ६२०८ नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खसेर शनिबार राति साढे ११ बजे दुर्घटना हुँदा टिपरका सहचालक काभ्रे पाँचखाल बस्ने १८ वर्षीय दिपेश मिजारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका टिपरका चालक काभ्रे जिल्ला पाँचखाल बस्ने २४ वर्षीय अजय तमाङको नेशनल अस्पताल कलंकीमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिए ।