Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस

दैनिकी न्यूज

६, माघ २०७७
नेपालमा पनि देखियो नयाँ प्रजातिको कोरोना भाइरस
images

काठमाडौं । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको संक्रमण्न देखिएको छ। सोमबार स्वास्थ्य मन्त्रालययले एक विज्ञप्ति जारी गर्दै केही दिनअघि नेपाल आएका तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरस देखिएको पुष्टि भएको जनाएको हो।

स्वस्थ्य मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीया पुरूष र ३२ वर्षीय पुरूष गरी तिन जनामा नयाँ प्रजातिको भाइरस देखिएको हो। तर, २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष भने कोरोनामुक्त भइसकेका छन्। ६७ वर्षीय पुरुषको कोरोजना पोजिटिभ नै देखिएपनि कुनै लक्षण भने नदेखिएको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ।

उनीहरुमा देखिएको भाइरस बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस नै भएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले गत पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा बेलायबाट फर्किएका ६ जना मध्ये ३ जनाको स्वाव हङ्कङ्ग पठाएको थियो।

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०६:३२:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology