Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सालको रुखमा मोटरसाइकल ठोक्कियो, थापा र जैसवालको मृत्यु

सालको रुखमा मोटरसाइकल ठोक्कियो, थापा र जैसवालको मृत्यु

दैनिकी न्यूज

१०, माघ २०७७
सालको रुखमा मोटरसाइकल ठोक्कियो, थापा र जैसवालको मृत्यु
images

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ।

कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। रासस

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १२:१३:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology