Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

विप्लवका तीन कार्यकर्ता पक्राउ

विप्लवका तीन कार्यकर्ता पक्राउ

दैनिकी न्यूज

१०, माघ २०७७
विप्लवका तीन कार्यकर्ता पक्राउ
images

काठमाडौं । कैलालीमा नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नगर इन्चार्जसहित तीन कार्यकर्ता पक्राउ परेका छन्।

विप्लव नेकपाले आयोजना गरेको नेपाल बन्दका क्रममा शनिबार बिहान बन्द गराउँदै हिँडेका उनीहरुलाई कैलालीको टीकापुरबाट पक्राउ गरिएको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार पक्राउ पर्नेमा टीकापुर नगरपालिका एरिया इन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्मर बिष्ट रहेका छन्।

प्रहरीले केही दिनअघि ललितपुर र मकवानपुरको सीमानाबाट पक्राउ परेका पार्टीका नेता धर्मेन्द्र बास्तोला कञ्चनसहित सबे पक्राउ परेका नेताहरुलाई विना सर्त रिहाइको माग गर्दै उक्त समूहले आज नेपाल बन्द गरेको हो।

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १३:२४:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology