Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि टी प्लस टु लागू हुँदै, लगानीकर्ताहरुलाई अझ बढी जिम्वेवार हुन आग्रह

आजदेखि टी प्लस टु लागू हुँदै, लगानीकर्ताहरुलाई अझ बढी जिम्वेवार हुन आग्रह

दैनिकी न्यूज

११, माघ २०७७
आजदेखि टी प्लस टु लागू हुँदै, लगानीकर्ताहरुलाई अझ बढी जिम्वेवार हुन आग्रह
images

काठमाडौं । धितोपत्र दोस्रो बजारमा हुने कारोबारको राफसाफ तथा फछर्यौट चक्र आजदेखि (माघ ११ गते) २ दिनभित्र हुने भएको छ । ‘टी प्लस टु’ लागू भएपछि शेयर खरीदविक्री गरेपछिको अर्को २ दिनभित्र अर्थात् टी प्लस टु मा राफसाफ गरिसक्नु पर्नेछ ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबारको राफसाफ चक्र दुई दिन कायम गर्ने बाटो यसअघि नै खोलिदिएको थियो । बोर्डले दुई दिनको राफसाफ चक्र कायम हुने गरी शंसोधनका लागि पेश गरेको विनियमावलीलाई स्वीकृति दिएको थियो ।

टि प्लस टु राफसाफ तथा फर्छ्यौट चक्र कार्यान्वयनमा आएपछि धितोपत्रको तरलता वृद्धि भई बजार थप गतिशिल हुने र लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने धितोपत्र बोर्डले बताएको छ ।

बोर्डले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट प्रणालीलाई २ दिनमा झार्ने योजना बनाएको थियो ।

हाल धितोपत्र कारोबार गरेको तीन दिनभित्र राफसाफ गरिसक्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम शेयर विक्रीकर्ताले आफूले विक्री गरेको शेयर बराबरको रकम तीनदिन भित्र पाइसक्नु पर्नेछ भने खरीदकर्ताको शेयर खातामा पनि तीन दिनभित्रै शेयर जम्मा भइसक्नु पर्नेछ ।

अब सीडीएससी र दलाल व्यवसायी बीच भएको सहमति अनुसार यी कार्य दुई दिनभित्र भइसक्नु पर्नेछ । दोस्रो बजार प्रविधिमैत्री बनेकाले राफसाफ प्रक्रियालाई पनि छोट्याउन माग वर्षौंदेखि लगानीकर्ताले गर्दै आएका थिए ।

यसैबीच स्कट ब्रोकर एशोसिएशन अफ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै टी प्लस टु चक्रको सफल कार्यान्वयनका लागि राफसाफसँग सम्बन्धित सबै पक्षहरुले आ(आफ्नो जिम्मेवारी समयमै निर्वाह गर्न ध्यानाकर्षण गराएको छ ।

एशोसिएशनका महासचिव गुणनीधि भुसालद्वारा जारी विज्ञप्तिमा राफसाफ प्रक्रियाको शुरुवात नै लगानीकर्ताहरुबाट हुने हुँदा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनका लागि लगानीकर्ताहरु अझ बढि जिम्मेवार हुन भनिएको छ ।

साथै विज्ञप्तिमा टी प्लस टु राफसाफ चक्रको सफल कार्यान्वयनले नेपाली बजार अन्तरराष्ट्रियस्तरको यात्रामा थप अघि बढ्ने, धितोपत्रबजारमा थप तरलता वृद्धि हुने, बजारको उतार चढाब बाट लगानीकर्ताले थप लाभ लिन सक्ने र सबैमा थपउत्साह र उर्जा मिल्ने पनि उल्लेख छ । आर्थिक अभियानबाट 

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - ०६:१३:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology