Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज २७० जनामा कोरोना संक्रमण पुष्टि

आज २७० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, माघ २०७७
आज २७० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर २ सय ७० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४१३ जनाको पीसीआर परीक्षण भएकोमा २ सय ७० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४०३ जनाले कोरोना जिते ।आज सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ ।


नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १६:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology