Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

आज २७० जनामा कोरोना संक्रमण पुष्टि

आज २७० जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

११, माघ २०७७
आज २७० जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । आज देशभर २ सय ७० जनालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४१३ जनाको पीसीआर परीक्षण भएकोमा २ सय ७० जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये २ लाख ६४ हजार १३७ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा ४०३ जनाले कोरोना जिते ।आज सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको छ ।


नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार १ पुगेको छ ।

images
प्रकाशित मिति :माघ ११, २०७७ आइतवार - १६:४२:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology