ललितपुर । लगनखेलमा रहेको एम्स इन्टरनेशनल कलेजले शहीद दिवसको अवसरमा सास्कृतिक कार्यक्रम गरेको छ ।
शुक्रबार कलेज हातामा विए अध्ययनरत विद्यार्थीले सास्कृतिक कार्यक्रम गरेका हुन् । शहीदहरुले देखाएको मार्गमा हिड्न समेत उनीहरुले आफ्नो कलामार्फत सन्देश दिए । जहाँनियाँ राणा शासनको अन्त्यका लागि शिक्षा दिँदै हिडेका धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई रुखमा झुण्ड्याएर र गंगालाल श्रेष्ठ अनि दशरथ चन्दलाई राणाहरुले गोली हानेर आजकै दिन (माघ १६) हत्या गरेका थिए । त्यसपछि नेपालमा राणा शासनको अन्त्यका सबै नेपालीले आन्दोलन गरेका थिए । आन्दोलनले राणाहरुको शासन अन्त्य गरी प्रजातन्त्र आएको थियो ।
प्रजातन्त्र प्राप्तिपछि नेपालीले बल्ल लेख्न र पढ्न पाएका थिए । नेपालमा शिक्षाको उज्यालो भविश्यका लागि ज्यानको बलिदान दिने चार शहीदको सम्झनामा नेपालमा शहीद दिवस मनाउने गरिएको छ ।
एम्स कलेजले पनि आजकै दिन शहीदलाई सम्झदै गीत, नृत्य मार्फत जागरण फैलाउने कोसिस गरेको कलेजका कोअर्डिनेटर सुनिल महर्जनले बताए । विद्यार्थीले कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
वर्षेनी शहीद दिवसको दिन यस्तै खालका कार्यक्रम गरिँदै आएको र त्यसलाई अहिले निरन्तरता दिइएको कलेजका कोअर्डिनेटर सुनिल महर्जनले जानकारी दिए ।
'कलेज भनेको चेतना र जागरण जगाउने थलो हो', महर्जनले भने, 'उतिबेला राणा शासनको अन्त्य गराउने ती चार शहीदकै कारण नेपालमा शिक्षाको विस्तार हुन पाएको हो । तर, अझैपनि शहीदले गरेको बलिदान अनुसारको उद्देश्यमा देशका नेता हिडेका छैनन् विद्यार्थीहरुलाई यसविषयमा सचेत गराउनु हाम्रो दायित्व हो ।'
कार्यक्रममा त्रिविका उपप्राध्यापक लिलाप्रसाद चेम्जोङ (लिम्बु)ले विद्यार्थीहरुमा आउने जागरणले हरेक खालका निरंकुशता विरुद्ध लड्न सिकाउने धारणा राखे ।