ललितपुर । बज्रवाराहीमा क्योकुशिनकाई कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न एक दिवसीय प्रतियोगितामा पुरुषतर्फ ३५ केजी, ४०, ४५, ५० र ५५ केजी तौल समूहमा साथै महिलातर्फ खुला तौल समूहमा समेत गरि १० वटा जिल्लाका ६९ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।
प्रतियोगितामा विजयी हुनेहरुमा पुरुषतर्फ ३५ केजी तौल समूहमा ठेचो डोजोका रमित महर्जनले प्रथम स्थान, दरवार डोजोका मनिष परियारले द्वितीय स्थान, प्रिन्स ठाकुरले तृतीय स्थान हासिल गरे भने दरवार डोजोकै जेनिस मगरले सान्त्वनामा चित्त बुझाउनु पर्यो ।
४० केजी तौल समूहमा बज्रवाराही डोजोका चन्द्र तामाङले प्रथम स्थान, मन्डनदेउपुर डोजोका विजय मगरले द्वितीय स्थान र बज्रवाराही डोजोका डेविड राईगाईले तृतीय स्थान हासिल गरे भने केन्द्रीय डोजोका किरण थापा मगरले सान्त्वनामै चित्त बुझाउन बाध्य भए।

४५ केजी तौल समूहमा बज्रवाराही डोजोका विवेक थापाले प्रथम, सलन महर्जनले द्वितीय स्थान, छम्पी डोजोका विवेक नेपालीले तृतीय स्थान हासिल गरे भने बज्रवाराहीका समीर तामाङले भने सान्त्वनामै चित्त बुझाउनु पर्यो ।
५० केजी तौल समूहमा ठैव डोजोका अजय लामाले प्रथम, दरवार डोजोका सन्जोक लामाले द्वितीय र रामस तेवेज आलमले तृतीय स्थान हासिल गरे भने मन्डनदेउपुर डोजोका छेवाङ्ग तामाङ्गले सान्त्वनामै चित्त बुझाउनु पर्यो । र ५५ केजी तौल समूहमा एसआईआर डोजो नखिपोटका ओम तामाङले प्रथम बज्रवाराही डोजोका विजय तामाङले द्वितीय स्थान र मनिष लिम्बुले तृतीय स्थान हासिल गरे । मन्डनदेउपुर डोजोका भोला तामाङ्गले सान्त्वना हात पारे ।
महिलातर्फ खुल्लमा दरवार डोजोकी करिस्मा कार्कीले प्रथम स्थान,एसआईआर डोजो नखिपोटकी शितल दर्शनधारीले तृतीय स्थान हासिल गरिन् । त्यस्तै ठेचो डोजोकी सवु भुजेलले सान्त्वनामा चित्त बुझाउनु पर्यो ।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका हुन् ।